Home Bibles 1 इतिहास 29:19 · नेपाली बाइबल
1 इतिहास 29:19 · नेपाली बाइबल

अनि मेरो छोरो सुलेमानलाई तपाई प्रति सत्य रहन सहायता गर्नुहोस्। तपाईको हुकूमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नमा सधैं त्यसलाई सहायता गर्नुहोस्। सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस् अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नमा त्यसलाई सहायता दिनुहोस्।”

Cross references

2 राजा 17:37

तिमीले विधिहरू, नियमहरू, उपदेशहरू तथा आदेश पालन गर्नु पर्छ जो उहाँले तिम्रो निम्ति लेख्नुभएको थियो। तिमीले यी कुराहरू सँधै हर समय पालन गर्नु पर्छ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन।

1 इतिहास 22:14

“सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडासुन दिएको छु। अनि लगभग दश लाख तोडाचाँदी दिएको छु। मैले यतिबिघ्न काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्।

1 इतिहास 28:9

अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।

1 इतिहास 29:1

राजा दाऊदले इस्राएलका सबै मानिसहरूलाई भने जो एकसाथ एकत्रित भएका थिए, “परमेश्वरले मेरो छोरा सुलेमानलाई मात्र चुन्नु भएको छ। सुलेमान सानै छ अनि यो काम गर्नका निम्ति चाहिने सबै कुरा त्यसले जान्दैन। तर यो काम अत्यन्त महत्वपूर्ण छ। यो मन्दिर मानिसहरूका निम्ति होइन, तर परमप्रभु परमेश्वरको निम्ति हो।

2 इतिहास 6:30

त्यसबेला स्वर्गबाट सुनिदिनुहोस्। स्वर्ग त्यो स्थान हो जहाँ तपाईं बस्नु हुन्छ। सुन्नुहोस् अनि क्षमा प्रदान गरिदिनुहोस्। प्रत्येक व्यक्तिलाई त्यही दिनुहोस् जो उसले पाउनु पर्छ, किनभने तपाईंले जान्नु हुन्छ प्रत्येक व्यक्तिको हृदयमा के छ। तपाईं मात्र जान्नु हुन्छ एक व्यक्तिको हृदयमा के छ।

भजनसंग्रह 72:1

हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्। राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।

भजनसंग्रह 72:2

आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्। गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।

भजनसंग्रह 119:80

परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ ताकि म लज्जित हुने छैन।

याकूब 1:17

सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।

Interlinear

Choose Theme