दाऊदले अराम, मोआब, अम्मोन, पलिश्ती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हददेजेरलाई पनि हराए।
Cross references
दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।
सबै भेडा, बाख्रा, गाई-गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”
पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए।
दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुत्न बाद्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अह्राए र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए।
योआबले अबीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैंले मलाई साथ दिनेछस्। र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तँलाई सहायता पुर्याउनेछु।
अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले।यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।
रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए।
दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे।