Home Bibles ☰ Books 2 शमूएल 3:9 · नेपाली बाइबल
2 शमूएल 3:9 · नेपाली बाइबल

अब म प्रतिज्ञा गर्छु म त्यो साच्चै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहूदा र इस्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ।

Cross references

रूथ 1:17

तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिन भने म परमप्रभुसित दण्डको याचना गर्छु केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।”

1 शमूएल 3:17

एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।”

1 शमूएल 14:44

शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।”

1 शमूएल 15:28

शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ।

1 शमूएल 16:1

परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छसू? शाऊललाई मैले इस्राएलको राजापदबाट हटाइसके तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”

1 शमूएल 25:22

यदि मैले नाबालको परिवारका कुनै पनि पुरूषलाई भोलि बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेश्वरले दण्ड दिउन्।”

1 शमूएल 28:17

परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोस्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहिं दाऊद हो।

2 शमूएल 3:35

दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न अनुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरें भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिऊन्।”

2 शमूएल 19:13

अनि आमासालाई भन, ‘तिमी मेरो कुल समूहका हौ। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिउन्।”‘

2 शमूएल 19:14

दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”

1 राजा 2:23

तब राजा सुलेमानले परमप्रभुको नाउँमा शपथ गरे। उसले भने, “यदि मैले यसका लागि अदोनियाहलाई दण्ड दिइन भने परमेश्वरसित मलाई नराम्रो गर्नुहोस् भनी प्रार्थना गर्नेछु अनि उसले आफ्नो जीवनद्वारा मूल्य चुकाउनु पर्नेछ।

1 राजा 19:2

यसकारण इजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमीले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिनँ भने तब देवताहरूले मलाई मार्नेछन्।”

1 इतिहास 12:23

यी संख्याहरू ती मानिसहरूका हुन जो हेब्रोन शहरमा दाऊद कहाँ आए। यी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू शाऊलको राज्याधिकार दाऊदलाई दिन आए। यो त्यही कुरा थियो जो हुने छ भनी परमप्रभुले भन्नु भएको थियो। यो तिनीहरूको संख्या होः

Interlinear

Choose Theme