एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।”
Cross references
यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेऊमा उभिरहेको थियो उसले अन्य मोआबका बूढा-प्रधानहरूसित बलि चढाए बालाकले सोधे, “परमप्रभुले के भन्नुभयो?”
तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिन भने म परमप्रभुसित दण्डको याचना गर्छु केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।”
शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।”
यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ।
यदि मैले नाबालको परिवारका कुनै पनि पुरूषलाई भोलि बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेश्वरले दण्ड दिउन्।”
अब म प्रतिज्ञा गर्छु म त्यो साच्चै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहूदा र इस्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ।
दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न अनुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरें भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिऊन्।”
राजाले त्यस स्त्रीलाई जवाफमा भने, “म तिमीलाई एउटा प्रश्न गर्छु, मेरो प्रश्नको उत्तर देऊ।” त्यस स्त्रीले भनी, “मेरो परमप्रभु राजा तपाईं तपाईंको प्रश्न सोध्नु होस्।”
अनि आमासालाई भन, ‘तिमी मेरो कुल समूहका हौ। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिउन्।”‘
तर आहाबले उत्तर दिए, “तिमी परमप्रभुको शक्तिले वोलि रहेका छैनौ। तिमी आफ्नै शब्दहरू भनिरहेका छौ। यसकारण मलाई साँचो भन! कति पटक मैले तिमीलाई भन्नु पर्छ र भन, मलाई भन परमप्रभु के भननुहुन्छ!”
राजाले भने, “परमेश्वरले मलाई सजाय दिऊन् यदि यस दिनको अन्तसम्म शापातको छोरा एलीशाको टाउको उसको जीउमा रहेको छ भने।”
म त्यसलाई दया सम्झने थिएँ, यदि एकजना धर्मी मानिसले मलाई पिटोस्। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैं ती दुष्ट मानिसहरूको विरोधमानै प्रार्थना गर्नेछु।
तब राजा सिदकियाहले यर्मियालाई ल्याउनु कसैलाई पठाए। त्यो मानिसले परमप्रभुको मन्दिरको तेस्रो द्वारमा यर्मियालाई ल्यायो। तब राजाले भने, “यर्मिया, म तिमीलाई केही प्रश्नहरू सोध्नेछु। मबाट केही पनि नलुकाऊ।”
त्यसपछि दानियल केही समय सम्म चुपचाप बसे। उसले केही कुरा सोची रहेको थिए, त्यसले उसलाई व्याकुल बनाइरहेको थियो। तब राजाले भने, “बेलतसजर (दानियल), तिमी त्यो सपना अथवा त्यो सपनाको अर्थदेखि भयभीत नहोऊ।”यसमा बेलतसजरले (दानियल) उत्तर दिए, “मेरा स्वामी, खाश यो सपना तपाईंका शत्रुहरूमाथि आवोस् अनि यसको अर्थ जो तपाईंको विरोधी छन् उनीहरूले प्राप्त गरून्।
याकूबका मानिसहरुले भन्छन्, “के परमप्रभु रिसाउनु भएको छ? के उहाँको कर्महरु यी हुन्? के धार्मिक जीवन जीउनेहरुको लागि उहाँले असल चिजहरु गर्नुहुन्न र?
येशूले केही भन्नु भएन।तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”