Home Bibles ☰ Books 2 शमूएल 3:31 · नेपाली बाइबल
2 शमूएल 3:31 · नेपाली बाइबल

दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर।

Cross references

उत्पत्ति 37:29

यी सब घट्ना हुँदा रूबेन त्यहाँ आफ्नो दाज्यू-भाइहरूसित थिएन। तिनीहरूले यूसुफलाई बेचेको उनले थाहा पाएन। जब रूबेन कूवामा आयो उनले त्यहाँ यूसुफलाई देखेन। शोक प्रकट गरेर उनले आफ्नो लुगाहरू च्यात्यो।

उत्पत्ति 37:34

याकूब आफ्नो छोरोको निम्ति यति शोकाकुल भयो उसले आफ्नो लुगाहरू च्यात्यो। तब उनले आफ्नो शोक प्रकट गर्न एक खास प्रकारको लुगा लगायो। याकूबले छोरोको शोक धेरै लामो समयसम्म मनायो।

यहोशू 7:6

जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।

न्यायकर्ता 11:35

जब यिप्तहले आफ्नो घरबाट पहिला आफ्नै छोरीलाई निस्केको देखे तिनले आफ्नो अफसोस जनाउन आफ्ना बस्त्रहरू च्याते। जब तिनले भने, “हे, मेरी छोरी! तैंले मलाई शेष पारिस्। तैंले मलाई अति भन्दा अति अफसोसमा पारिस्। मैले परमप्रभुसित एउटा भाकल गरेको थिएँ अनि त्यसलाई म परिवर्तन गर्न सक्दिन!”

2 शमूएल 1:2

तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।

2 शमूएल 1:11

दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे।

2 राजा 19:1

राजा हिजकियाहले ती कुराहरू सुने अनि आफू दुःखी र चिन्तित देखाउनका लागि उनले आफ्नो लुगा च्याते। त्यसपछि तिनी परमप्रभुको मन्दिरभित्र पसे।

लूका 7:14

येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”

Interlinear

Choose Theme