तब तिनीहरू गिलाद र ताहतीम होदशीतिर गए। फेरि तिनीहरू उत्तरतिरको दान, यान अनि सीदोनतिर लागे।
Cross references
कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।
याकूबले आफ्नो जहान परिवार र आफ्ना सबै चीज बीजहरू लग्यो अनि चाँडै हिंड्यो। तिनीहरूले यूफ्रेटिस नदी पार गरी गिलादको पहाडी भूमितिर यात्रा गरे।
लाबानले त्यस ठाउँको नाउँ “यर्गसहदूता” राखे। तर याकूबले त्यस ठाउँको नाउँ गलेद राख्यो।
रूबेन र गाद वंशका मानिसहरूको धेरै धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे।
मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरु जिते र त्यही बसे।
परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्पा बेंसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित रहुञ्जेल सम्म लडे।
त्यसपछि त्यो सीमाना एब्रोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो।
तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।
आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोडन कर गरेनन्।
लेशमा बस्ने मानिसहरूलाई उद्धार गर्ने कोही थिएन। ती मानिसहरूबाट सहायता प्राप्त गर्नका निम्ति पनि तिनीहरू सीदोन शहर देखि अत्यन्त टाढा बस्थे। अनि लेशका मानिसको अरामका मानिसहरूसित कुनै सन्धि गरेका थिएनन्-यसर्थ ती मानिसहरूले तिनीहरूलाई सहायता गरेनन्। लेश शहर एउटा उपत्यकामा थियो जो बेतरहोब शहरको थियो। दानका मानिसहरूले त्यस स्थानमा एउटा नयाँ शहर निर्माण गरे। अनि त्यो शहर तिनीहरूको घर बन्यो।