Home Bibles 2 शमूएल 24:21 · नेपाली बाइबल
2 शमूएल 24:21 · नेपाली बाइबल

अरौनांले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?”दाऊदले जवाफ दिए, “म तिम्रो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।”

Cross references

उत्पत्ति 23:8

तिनले तिनीहरूलाई भने, “यदि तपाईंहरू साँच्चै मेरी पत्नीको लाश गाड्नको निस्ति सहायता गर्नु हुन्छ भने मेरो कुरा सुन्नु होस् र सोअरको छोरो एप्रोनसित मेरो निम्ति कुरा गरिदिनु होस्।

गन्ती 16:44

परमप्रभुले मोशालाई भन्नुभयो,

गन्ती 25:8

त्यस इस्राएली व्यक्तिलाई पछ्याउँदै पालभित्र गयो। त्यसपछि पालभित्रै त्यस स्त्री र इस्राएली पुरूषको शरीरमा भाला रोपी मारी दियो। त्यस बखतमा त्यहाँ इस्राएलीहरू महामारीको प्रकोपमा थिए अनि जब पीनहसले ती दुइजनालाई मार्यो त्यो महामारी थामियो।

2 शमूएल 21:3

दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”

2 शमूएल 24:3

तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईंलाई 100 गुणा ज्यादा मानिस दिए र आशीर्वाद दिऊन्। अनि तपाईंका आफ्नै आँखाले ती सबै घटेको देख्न पाओस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”

2 शमूएल 24:18

त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।”

1 इतिहास 21:22

दाऊदले ओर्नानलाई भने, “तिम्रो खला मलाई बेच। म तिमीलाई पूरा दाम दिनेछु। तब म यो जग्गालाई परमप्रभुको अराधना गर्नको निम्ति बेदी निर्माण गर्न प्रयोग गर्ने छु। तब यी भयानक रोगहरू बन्द हुनेछन्।”

भजनसंग्रह 106:30

तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे। अनि त्यो हैंजा रोकियो।

यर्मिया 32:6

कैदमा भएको बेला यर्मियाले भन्यो, “यो सन्देश परमप्रभुबाट मकहाँ आयो।

Interlinear

Choose Theme