Cross references
तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंलेउसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुसरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्।
“परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु।
अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्न छोडेनन्।
जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाई असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।
अबनेरले तिनीहरूका भाई असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाई अबिशैले अबनेरलाई मार्यो।
योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुसरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहाँनु भएको थियो।
दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।