Home Bibles 2 शमूएल 13:36 · नेपाली बाइबल
2 शमूएल 13:36 · नेपाली बाइबल

योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले रून लागे। दाऊद र अन्य अधिकारीहरू पनि रून थाले। तिनीहरू साह्रै रोए।

Cross references

2 शमूएल 12:21

दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।”

2 शमूएल 13:15

त्यसपछि अम्नोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्नोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”

2 शमूएल 18:33

तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”

Interlinear

Choose Theme