Home Bibles 2 राजा 9:25 · नेपाली बाइबल
2 राजा 9:25 · नेपाली बाइबल

येहूले आफ्नो रथ चालक बितकरलाई भने, “योरामको लाश माथि लिएर जाऊ अनि यिज्रेलबाट नाबोतको खेतमा फ्याँकिदेऊ। थाह छ होला जब तिमी र म योरामका पिता आहाबसँग घोडामा चढेर जाँदा परमप्रभुले भन्नु भएको थियो उनीसित यस्तो घट्ना हुनेछ।

Cross references

1 राजा 21:19

आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘

1 राजा 21:24

अनि परमप्रभुले यस्तो पनि भन्नुभएको छ, “तिम्रा परिवारका सदस्यहरूमा कोही शहरमा मरे उसको लाश कुकुरहरूले खानेछन्। यदि कोही खेतमा मरे चरा-चुरूङ्गीले उसको लाश खानेछ।”‘

2 राजा 15:12

यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।

यशैया 13:1

परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः

यर्मिया 23:33

“यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गहुँ बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।”‘ यो परमप्रभुको सन्देश हो।

नहूम 1:1

निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहूमको दर्शनको पुस्तक हो। नहूम एल्कीशीका छोरा थिए।

मलाकी 1:1

एउटा वचन परमेश्वरबाट। यो वचन परमप्रभुदेखि इस्राएललाई हो। परमेश्वरले मलाकीलाई यो वचन दिन उपयोग गर्नु भयो।

मत्ती 11:30

हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलका छ।”

Interlinear

Choose Theme