हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलका छ।”
Cross references
ज्ञानका मार्गहरू आनन्ददायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ।
हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।
“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”
तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं!
पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र गर्नु आवश्य छः
जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो।
यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ।
तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ।
ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।
तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।
म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।
परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरु पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरु हाम्रा निम्ति त्यति कठिन हुँदैन।