यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन।
Cross references
“यदि कुनै मानिस एकदमै गरीब भए उसलाई पूजाहारीकहाँ ल्याउनु र त्यस मानिसले कति तिर्नु पर्ने निर्णय गर्नेछन्। बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्डको भोगाइ र बाँचेका मानिसहरू।परमप्रभुलाई उपहार
“मानिसहरूले परमप्रभुलाई गाई तथा भेडाहरू पनि विशेष बलिको रूपमा चढाउन सक्छन्। तर यदि चढाइने पशु माऊको प्रथम थुमा अथवा बाछा हो भने त्यो परमप्रभुकै हो। यसर्थ मानिसहरूले ती पशुहरू परमप्रभुलाई विशेष बलि स्वरूप चढाउन सक्तैनन्।
“तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्।
बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरुलाई मार्नेछन्।
के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेटून सएछ? के दुईजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सकछन्? यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ। यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।
दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढ्ढेर गए।
राती आफ्नो समान काँधमा राख अनि त्यस स्थान छोडीदेऊ। आफ्नो मुख छोप, जसद्वारा तिमीले देख्न नपरोस् कि तिमी कहाँ गई रहेकाछौ। यो काम तिमीले यस्तो प्रकारले गर कि कसैले देख्न नसकोस्। किन? किनकि म तिमीलाई इस्राएलको परिवारको लागि एउटा उदाहरणको रूपमा प्रयोग गर्दैछु।”
तिमीहरूका अगुवाहरूले आफ्नो सामन उस्कै काँधमा लैजानेछन्। उसले भित्तामा प्वाल बनाई गुप्त रूपमा भागेर जाने छन्। उसले आफ्नो मुख छोप्नेछ ताकि उ कहाँ जादैछ आफ्नो आँखाले देख्दैन।