2 राजा 4:24 · नेपाली बाइबल
तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुञ्जेल सम्म ढीलो नगर।”
Cross references
प्रस्थान 4:20
यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे।
1 शमूएल 25:19
त्यसपछि नोकरहरूलाई भनिन्, “यो लिएर जाऊ। म पछि-पछि आउँदै छु।” तर यी सब तिनले आफ्नो लोग्नेलाई भनिनन्।
1 शमूएल 25:20
गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पखेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन्।
1 राजा 13:13
बूढा अगमवक्ताले आफ्ना छोराहरूलाई गधा माथि काठी कस्नु भने यसकारण तिनीहरूले गधामाथि काठी कसे। तब अगमवक्ता गधामा चढेर हिंडे।
1 राजा 13:23
परमेश्वरको जनले खान-पीन सिध्याए। तब बूढा अगमवक्ताले गधा माथि उनका लागि काठी राखे अनि ती मानिस हिंेडे।