Home Bibles यूहन्ना 19:10 · नेपाली बाइबल
यूहन्ना 19:10 · नेपाली बाइबल

पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”

Cross references

दानियल 3:14

नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगो के यो कुरा साँच्चो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिएर पूजा गर्दैनौ?

दानियल 5:19

अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे।

यूहन्ना 18:39

तिमीहरूको एक रीति अनुसार मैले तिमीहरूको निस्तार चाडको समयमा एक जना कैदीलाई मुक्ति दिनुछ। तिमीहरू यस ‘यहूदीहरूको राजालाई’ मुक्ति दिओस् भनेर चाहनेछौ?”

Interlinear

Choose Theme