यसकारण पूजाहारीहरूमध्ये एक जना जसलाई अश्शूरीहरूले सामरियाबाट ल्याएका थिए,उनी बेतेलमा बस्न आए। यस पूजाहारीले मानिसहरूलाई कसरी तिनीहरूले परमप्रभुको सम्मान गर्नुपर्छ बताए।
Cross references
राजा यारोबामले एउटा सुनको बाछा बेतेलमा स्थापित गरे। उनले अर्को सुनको बाछा दान शहरमा स्थापित गरे।
यारोबामले अग्ला ठाउँहरूमा मन्दिरहरूको पनि निर्माण गरे। उनले इस्राएलका विभिन्न कुल समूहहरूबाट पूजाहारीहरू पनि छाने। तर उसले मानिसहरूबाट पूजाहारीहरू छाने यद्यपि तिनीहरू लेवीहरू थिएनन्।
मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्।
फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”