Home Bibles 2 राजा 17:27 · नेपाली बाइबल
2 राजा 17:27 · नेपाली बाइबल

यसकारण अश्शूरका राजाले यस्तो आदेश दिएः “तिमीले सामरियाबाट केही पूजाहारी ल्याउ। ती पूजाहारीहरूमध्ये एक जनालाई पठाऊ जसलाई बन्दी बनाएर सामरिया लगेको थिए। त्यो पूजाहारी जाओस् अनि त्यही बसोस। तर त्यस पूजाहारीले मानिसहरूलाई त्यस देशको देवताको नियम पढाउन सक्नेछन्।”

Cross references

न्यायकर्ता 17:13

अनि मीकाले भने, “अब म सम्झन्छु कि परमप्रभु मप्रति भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्ति लेवी कुल समूहका मानिसछन्।”

1 राजा 12:31

यारोबामले अग्ला ठाउँहरूमा मन्दिरहरूको पनि निर्माण गरे। उनले इस्राएलका विभिन्न कुल समूहहरूबाट पूजाहारीहरू पनि छाने। तर उसले मानिसहरूबाट पूजाहारीहरू छाने यद्यपि तिनीहरू लेवीहरू थिएनन्।

1 राजा 13:2

परमप्रभुले त्यस परमेश्वरको जनलाई वेदीको विरोधमा बोल्ने आदेश दिनुभयो। उनले भने,“वेदी, परमप्रभुले तिमीलाई भन्नुभएको छः ‘दाऊदको परिवारमा योशीया नाउँ भएको एउटा छोरा जन्मिनेछ। यी पूजाहारीहरू अहिले अग्ला ठाउँहरूमा पूजा गरिहरेका थिए तर वेदी, योशीया ती पूजारीहरूलाई तिमी माथि राख्नेछन् अनि उनले तिनीहरूलाई मार्नेछन्। अहिले ती पूजाहारीहरू तिमी माथि धूपबत्ती बाल्ने गर्छन्। तर योशीयाले तिमी माथि मानिसको हाड जलाउनेछन्। तब तिमी फेरि उपयोगमा आउनेछैनौ!”‘

2 इतिहास 11:15

यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाख्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने।

एज्रा 7:25

अनि एज्रा, तिमीसित भएका तिम्रा परमेश्वरका ज्ञान अनुसार तिमीले नदीपारीको प्रदेशका मानिसहरूको न्याय गर्न न्यायकर्त्ता अनि हाकिमहरूको नियुक्ति गर्नु जसले तिम्रो परमेश्वरको व्यवस्था जान्दछन्। अनि जसले जानदैनन्, तिनीहरूलाई तिमीले सिकाउने छौ।

Interlinear

Choose Theme