तर यहूदाका मानिसहरूले आफ्ना परमप्रभुको आदेश पालन गरेनन्। यहूदाका मानिसहरूले इस्राएलका मानिसहरू जस्तै जीवन यापन गरे।
Cross references
यहूदाका मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरे अनि परमप्रभुलाई ईष्यालु बनाए। यी मानिसहरूले तिनीहरूको पिता-पुर्खाहरूले भन्दा धेरै पाप गरे।
तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।
अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्।
आहाजले इस्राएलका राजाहरू जस्तै जीवन बिताए। उनले आफ्नो छोरालाई आगोमा बलि दिए। उनले राष्ट्रमा घोर पापको नक्कल गरे जसलाई परमप्रभुले इस्राएलीहरू आएको बेला देश छोड्न लगाउनुभयो।
हिजकियाह परमप्रभुप्रति साह्रै नै विश्वासी थिए। उनले परमप्रभुको अनुसरण गर्न छोडेनन्। उनले आदेशहरू पालन गरे जो परमप्रभुले मोशालाई दिनुभएको थियो।
तर म मेरो बाँकी मनिसहरूलाई छोडनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुले पराजित गर्यानेछु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्।
यहोशापातले तिनका पुर्खाहरूले अनुसरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्।
योरामले यहूदाका पहाडहरूमाथि उच्च स्थानहरू पनि निर्माण गरे। योरामले यरूशलेमका मानिसहरूलाई ती कामहरू गर्नबाट रोके जो परमेश्वर चाहनु हुन्थ्यो। तिनले यहूदाका मानिसहरूलाई परमप्रभु देखि टाढा डोह्राए।
तर तँ इस्राएलका राजाहरू जस्तै जिइस् तैंले यहूदा अनि यरूशलेमका मानिसहरूलाई, परमेश्वर देखि अविश्वासीहरू हुने कारण बनाईस्। आहाब अनि तिनका परिवारले त्यसै गरे। तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। तैंले तेरो भाइहरूलाई मारिस्। जो तँ भन्दा असल थिए।
ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन। ती मूर्तिहरू जो तिमीहरू आफैले बनाएका छौ कहाँ छन? कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन कि? यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।
इस्राएल अविश्वासी थिए अनि तिनले चाल पाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चाल पाइ कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं कर्म गर्नु लागि।
परमेश्वरले भन्नुभयो, “सामरियाले तिमीले गरेको पाप भन्दा आधा मात्र पाप गर्यो। सामरियाले भन्दा अधिक डरलाग्दा पाप तिमीले गर्यौ! आफ्नो बहिनीहरूले भन्दा अधिक डरलाग्दा पाप गर्यौ! सदोम अनि सामरियाको तुलना गर्दा तिनीहरूलाई तिमी भन्दा राम्रो लाग्छ।
“हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे?
ठूली दिदीको नाम ओहोला थियो अनि उसको बहिनीको नाम ओहोलिबा थियो। तिनीहरू मेरो पत्नीहरू भए अनि हामीहरूका छोरा-छोरीहरू भए। (ओहोला चाहिँ सामरिया हो अनि ओहोलिबा चाहिँ यरूशलेम हो।)
तिमीले आफ्नो दिदी कै चालमा हिँड्यौ अनि त्यसरी नै गरिरहयौ। तिमीहरू आ-आफैले विषको कचौरा लियौं अनि त्यो आफ्नो हातमा उठाएर राख्यौ। तिमीले आफ्नो दण्ड स्वंय कमायौ।”
परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरुले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने तिनीहरुले परमप्रभुको आज्ञा मान्नअस्वीकार गरे। तिनीहरु आफ्ना बाबुहरुले मानेका झूटो देवताहरुलाई मानेर पथ-भ्रष्ट भएकाछन्।