Home Bibles ☰ Books 2 राजा 15:38 · नेपाली बाइबल
2 राजा 15:38 · नेपाली बाइबल

योताम मरे अनि उनका पुर्खाहरूसँगै गाडिए। योतामलाई आफ्ना पुर्खा दाऊदशहरमा गाडियो। योतामका छोरा आहाज उनीपछि नयाँ राजा भए।

Cross references

2 शमूएल 7:12

“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।

1 राजा 1:2

यसकारण उनका नोकरहरूले उनलाई भने, “तपाईंको हेरचाह गर्नकोलागि हामी एउटी युवतीको खोजी गर्नेछौं। ऊ तपाईंसँगै सुत्ने गर्छे अनि तपाईंलाई न्यानो पार्छे।”

1 राजा 2:10

तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

1 राजा 14:20

यारोबामले 22वर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।

1 राजा 14:31

रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।

2 राजा 8:24

योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए।

2 राजा 16:1

योतामका छोरा आहाज पेकह रमल्याहका छोराको शासनकालको 17 औं वर्षमा यहूदाका राजा भए।

1 इतिहास 3:13

योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए।

2 इतिहास 27:9

तब योतामको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले तिनलाई दाऊदका शहरमा गाडे। आहाज योतामका स्थानमा नयाँ राजा भए। आहाज योतामका छोरा थिए।

2 इतिहास 28:1

आहाज बीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र वर्ष सम्म शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्तै ठीक सित बसेनन्। आहाजले ती कुराहरू गरेनन् जो परमप्रभु तिनले गरेका चाहनु हुन्थ्यो।

मत्ती 1:9

ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए।

Interlinear

Choose Theme