त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो।
Cross references
पाप बढला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढदै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढदै गयो।
(परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योग बनाउनु भएको छ। योग्य बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याँउछ, तर पवित्र आत्माले जीवन दिन्छ।
परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोडदैनौं।
तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो“परमेश्वरले प्रतिज्ञा लिनुभयो उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन। ‘तिमी सदा-सदालाई पूजाहारी हौ।”
यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहरयाउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।
होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ?