Home Bibles ☰ Books 2 इतिहास 9:26 · नेपाली बाइबल
2 इतिहास 9:26 · नेपाली बाइबल

सुलेमान यूफ्रेटिस नदी देखि पलिश्ती मानिसहरूको देश, अनि मिश्रदेशको सीमानासम्म फैलिएका क्षेत्रका राजाहरूका राजा थिए।

Cross references

उत्पत्ति 15:18

यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घरती दिनेछु।

प्रस्थान 23:31

“म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरूभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान वाध्य गराउनेछौ।

यहोशू 13:2

त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ,

1 राजा 4:21

सुलेमान यूफ्रेटिस नदी देखि लिएर पलिश्ती मानिसहरूको धर्ती-सम्म शासन गर्दथे। उनको राज्य मिश्र देशको सीमानासम्म फिंजिएको थियो। यी देशहरूले सुलेमानकहाँ उपहार पठाए अनि जीवनभरि नै आज्ञा पालन गरिरहे।

1 राजा 4:24

सुलेमान यूफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजाँसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए।

1 राजा 5:1

हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए।

भजनसंग्रह 72:8

उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!

दानियल 7:14

“एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ। त्यो नष्ट हुनेछैन।

प्रकाश 19:16

तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो

Interlinear

Choose Theme