तर योशियाह हटेनन्। तिनले नेकोसित लड्ने निश्चय गरे, यसर्थ तिनले आफ्नो रूप बद्ले अनि लडाईं लड्न गए। योशियाहले परमेश्वरको आदेशबारे नेकोले भनेका कुरा सुनेनन्।
Cross references
इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो।
मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा पनि शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगद्दो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे।
कनानका राजाहरू युद्ध गर्न आए, तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्। तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।
यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्।
इस्राएलका राजाले यहोशापातलाई भने, “हामी लडाईंका निम्ति तयारी गर्ने छौं। म यस्तो लुगा लगाउने छु जसले गर्दा म राजा जस्तो देखिन्न। तर तपाईंले विशेष लुगा लगाऊ जसले गर्दा तपाईं राजा जस्तो देखिनुहुन्छ।” यसकारण इस्राएलका राजाले राजा जस्तो नदेखिने लुगा लगाएर लडाईं शुरू गरे।
तर एक जना सैनिकले हावामा वाण हान्यो-उसको वाणले इस्राएलका राजामाथि प्रहारभयो। वाणले राजालाई सानो ठाउँमा लाग्यो जहाँ उसको कवचले छोपेको थिएन। यसकारण इस्राएलका राजाले उसको रथ सारथीलाई भने, “एउटा वाणले मलाई चोट पार्यो। रथलाई यस क्षेत्रबाट बाहिर हाँक। हामीले लडाईं मैदानबाट टाढा जानु पर्छ।”
यहूदाका राजा अहज्याहले यो देखे अनि भागे। उनले बगैंचाको घर भएर भाग्ने चेष्टा गरे, तर येहू उनको पछि लागे। यहूले भने, “अहज्याहलाई पनि मार।”अहज्याह घाइते भए जब तिनी यिब्लामनजिक गूर जाने बाटोमा आफ्नो रथमा थिए। अहज्याह मगिद्दो सम्म पुगे, र तिनी त्यहाँ मरे।
योशियाहका अधिकारीहरूले उनको शरीर रथमा राखे अनि उनलाई मगिद्दोबाट यरूशलेम ल्याए। तिनीहरूले योशियाहलाई उनको आफ्नो चिहानमा गाडे।तब साधारण मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लगे अनि राज्यभिषेक गरे। तिनीहरूले यहोआहाजलाई नयाँ राजा बनाए।
यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।”
राजा आहाबले यहोशापातलाई भने, “म लडाइँमा जानुको अघि आफ्नो रूप परिवर्त्तन गर्छु। तर तपाईं तपाईंको आफ्नै राज बस्त्र लगाउनु होस्।” यसर्थ आहाब इस्राएलका राजाले आफ्नो रूप परिवर्त्तन गरे अनि दुइ राजाहरू युद्धमा गए।
तर नेकोले योशियाह कहाँ दूतहरू पठाए। तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विरूद्ध लड्न आएको होइन्। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चाँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिकदारी नगर्नुहोस्। यदि तपाईंले म विरूद्ध लडाई गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”
देवदारूले बनाएको तिम्रो विशाल महलले तिमीलाई महान राजा बनाउदैन। तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए। उनले के ठीक र निष्पक्ष थियो त्यही गरे। यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।
त्यस दिन यरूशलेममा ठुलो दुःख अनि कष्ट आइपर्नेछ, त्यो यस्तो हुने छ जुन मगिद्दोको बेंसीमा हद्द-रिम्मोनको मृत्युमा मानिसहरू रोएका थिए।
त्यासपछि ती दुष्ट आत्माहरुले राजाहरुलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।