Home Bibles 2 इतिहास 35:12 · नेपाली बाइबल
2 इतिहास 35:12 · नेपाली बाइबल

त्यसपछि तिनीहरूले विभिन्न परिवार समूहहरूलाई होमबलिका निम्ति प्रयोग गर्न भनी पशुहरू दिए। यो यसकारणले गरियो कि होमबलि मोशाले व्यवस्थामा लेखिए अनुसार अर्पण गर्न सकियोस्। तिनीहरूले गोरूहरू लाई पनि त्यसै गरे।

Cross references

लेवी 1:3

“यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।

लेवी 3:3

आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो।

लेवी 3:5

तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो जलाओस्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।

लेवी 3:9

तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेरूदण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ।

लेवी 3:14

तब उसले उसको आफ्नो बलिबाट परमप्रभुको निम्ति आगोद्वारा चढाओस्, आन्द्रा-भुँडी छोप्ने बोसो र आन्द्रमाथिको सबै बोसो,

गन्ती 28:19

त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।

गन्ती 28:31

तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।

Interlinear

Choose Theme