Home Bibles 2 इतिहास 34:7 · नेपाली बाइबल
2 इतिहास 34:7 · नेपाली बाइबल

योशियाहले वेदीहरू अनि अशेरा स्तम्भहरू भत्काइदिए। तिनले मूर्तिहरूलाई धूलो पीठो पारिदिए। तिनले इस्राएल देश भरि बाल पूजाका निम्ति प्रयोग गरिएका धूप वेदीहरू काटिदिए। त्यसपछि योशियाह यरूशलेम फर्केर गए।

Cross references

व्यवस्था 9:21

तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाए, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।

2 राजा 10:26

तिनीहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए।

2 राजा 23:15

योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए।

2 इतिहास 14:2

आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे।

2 इतिहास 31:1

निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।

2 इतिहास 34:1

योशियाह आठ वर्ष पुगेका थिए जब तिनी राजा भए। तिनी एकतीस वर्षसम्म यरूशलेममा राजा थिए।

Interlinear

Choose Theme