योशियाहले मनश्शे, एप्रैम, शिमोन देखि नप्ताली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे।
Cross references
पलिश्तीहरूले मात्र हात हतियारमा उध्याउँथे। यदि इस्राएलीहरूलाई आ-आफ्ना हात हतियार जस्तै, फाली, कोदालो, बञ्चरो र हँसिया उध्याउँनु पर्यो भने तिनीहरू पलिश्तीहरू भएको मै जानुपर्थ्यो।
योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए।
योशियाहले सामरीयाका शहरहरूमा भएका अग्ला ठाउँहरूका मन्दिरहरू पनि सबै भत्काए। इस्राएलका राजाहरूले ती मन्दिरहरू बनाएका थिए। र त्यसले परमप्रभुलाई रीस उठायो। योशियाहले बेतेलमा पूजा स्थलहरू भत्काए जस्तै ती मन्दिरहरू भत्काएका थिए।
राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्।
संन्देश वाहकहरू एप्रैम अनि मनश्शेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलून क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए।
निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।
जसले उसको छिमेकीको विरूद्ध झूटा साक्षी दिन्छ ऊ एउटा लाट्ठी तरवार अथवा एउटा तीखो काडझैं खतरा हुन्छ।
एउटा समय थियो मानिसहरूले एकपल्ट परिश्रम गर्थे र त्यस पहाडबाट खाद्य उप्जाउँथे। तर त्यसबेला मानिसहरू त्यहाँ जाने छैनन्। त्यो जमीन जङ्गली झारपातहरू र काँढाहरूले ढाकिनेछ खालि गाई-गोरू र भेडाहरू मात्र ती ठाउँमा जानेछन्।”