Home Bibles 2 इतिहास 34:2 · नेपाली बाइबल
2 इतिहास 34:2 · नेपाली बाइबल

योशियाहले त्यही गरे जो सही थियो। परमप्रभुले चाहनु भएका कुराहरू नै तिनले गरे। तिनले तिनका पुर्खा दाऊदले जस्तै राम्रा कुराहरू गरे। योशियाहले उचित कुराहरू गर्नबाट मुख मोडेनन्।

Cross references

व्यवस्था 5:32

“यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुसरण गर्नु नछोड।

व्यवस्था 17:11

तिमीहरूले निर्णय स्वीकार गनु पर्छ अनि तिनीहरूको निर्देश मान्नु पर्छ। तिमीहरूले त्यसै गर्नु पर्छ जस्तो तिनीहरूले गर्नु भन्दछन्। केही परिवर्त्तन नगर।

व्यवस्था 17:20

तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुसरण गर्ने छन् तिनीहरु इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्।

व्यवस्था 28:14

आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा दुब्रै फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुसरण गर्नु हुदैन।

यहोशू 1:7

तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंलेउसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुसरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्।

यहोशू 23:6

“परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु।

1 राजा 14:8

दाऊदको परिवारले इस्राएलमा शासन गरिरहेको थियो। तर मैंले तिनीहरूबाट राज्य लिएँ अनि तिमीलाई दिएँ। तर तिमी मेरा सेवक दाऊद जस्ता छैनौ। उसले सधैं नै मेरो आदेशहरू पालन गर्यो। उसले मलाई सम्पूर्ण हृदयले अनुसरण गर्यो। उसले ती कुराहरू गरे जुन मैंले ठीक सम्झें।

1 राजा 15:5

दाऊदले सँधै नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सँधै नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए।

2 राजा 22:2

योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुसरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहाँनु भएको थियो।

2 इतिहास 14:2

आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे।

2 इतिहास 17:3

परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुसरण गरेनन्।

2 इतिहास 17:4

यहोशापातले तिनका पुर्खाहरूले अनुसरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्।

2 इतिहास 29:2

हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे।

हितोपदेश 4:27

दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।

Interlinear

Choose Theme