Home Bibles व्यवस्था 17:11 · नेपाली बाइबल
व्यवस्था 17:11 · नेपाली बाइबल

तिमीहरूले निर्णय स्वीकार गनु पर्छ अनि तिनीहरूको निर्देश मान्नु पर्छ। तिमीहरूले त्यसै गर्नु पर्छ जस्तो तिनीहरूले गर्नु भन्दछन्। केही परिवर्त्तन नगर।

Cross references

व्यवस्था 5:32

“यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुसरण गर्नु नछोड।

व्यवस्था 17:20

तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुसरण गर्ने छन् तिनीहरु इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्।

व्यवस्था 25:1

“जब दुईजना मानिसहरूमाझ वाद-विवाद हुन्छ, तिनीहरू अदालतमा जानु पर्छ। कुन मानिस वेकसूर छ अनि कुन मानिस कसूरदार छ न्यायकर्त्ताले निर्णय गर्ने छन।

व्यवस्था 28:14

आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा दुब्रै फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुसरण गर्नु हुदैन।

यहोशू 1:7

तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंलेउसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुसरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्।

यहोशू 23:6

“परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु।

2 शमूएल 14:19

राजाले भने, “योआबले यी सब भन्नु भनेका थिए तिमीलाई।?”त्यस महिलाले भनिन्, “मेरा मालिक राजा, तपाईंको शपथ खादै भन्छु, तपाईंले ठिक भन्नुभयो। तपाईंका अधिकारी योआबले मलाई सब सिकाएका हुन्।

हितोपदेश 4:27

दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।

मलाकी 2:8

परमप्रभुले भन्नुभयो, “पूजाहारीहरूले मेरो अनुशरण गर्न छोडिदिए। तिमीहरूले नराम्रो कामको निम्ति मानिसहरूलाई शिक्षादियौ। तिमीहरूले लेवीहरूसंग गरेको करारभङ्ग गर्यौ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

रोमी 13:1

तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्।

तीतस 3:1

मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनीभन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु,

1 पत्रुस 2:13

प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्।

2 पत्रुस 2:10

जो मानिसहरु तिनीहरुको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरु जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरुलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ।यी झूटा शिक्षकहरु आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरु स्वयं गर्व गर्छन्। तिनीहरु महिमामय स्वर्गदूतहरुको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।

यहूदा 1:8

ती तिमीहरुका दलमा पस्ने मानिसहरु पनि त्यही अनुसरण गर्छन्। तिनीहरुलाई तिनीहरुको सपनाले डोर्याएको छ अनि तिनीहरुले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरु आफैलाई अनैतिक बनाउँछन्। तिनीहरु परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरुको निन्दा गर्छन्।

Interlinear

Choose Theme