Home Bibles ☰ Books 2 इतिहास 26:3 · नेपाली बाइबल
2 इतिहास 26:3 · नेपाली बाइबल

उज्जियाह सोह्र वर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न वर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्।

Cross references

2 राजा 15:2

अजर्याह 16वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। उनले यरूशलेममा 52 वर्ष शासन गरे। अजर्याहकी आमाको नाउँ यकोल्याह थियो, उनी यरूशलेमकी थिइन,

यशैया 1:1

यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।

यशैया 6:1

राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो।

होशे 1:1

परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यइदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए।

आमोस 1:1

आमोसको वचन! आमोस तको देशको एकजना भेडा गोठालो थिए। यहुदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामाभुइँचालोको दुइ र्बष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।

जकरिया 14:5

अनि तिमी पर्वतका भञ्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।

Interlinear

Choose Theme