यहोशापात यरूशलेममा बस्थे। उनी मानिसहरूसित रहन बेर्शेबा शहर देखि लिएर एप्रैमको पहाडी देशसम्म गए। यहोशापातले तिनीहरूलाई तिनीहरूका पिता-पुर्खाहरूले अनुसरण गरेका परमप्रभु परमेश्वर तर्फ फर्काएर ल्याए।
Cross references
अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो संधै जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे।
यहोशूले तिनीहरूलाई उत्तर दिए, “यदि तिमीहरूसित अति धेरै मानिसहरू भए तब माथि पहाडी भूमिको जंङ्गलले भरिएको क्षेत्रमा जाऊ अनि त्यो भूमिको जंङ्गल फाँडेर त्यसलाई प्रयोग गर्न सक्छौ। त्यो भूमि अहिले परिज्जी अनि रपाई मानिसहरूको हो। तर यदि एप्रैमको पहाडी देश तिमीहरूका निम्ति अति सानो भए गएर त्यो भूमि लेऊ।”
त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्।एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्।
यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए।
शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू साँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अश्तारोतका मूर्ति फ्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समप्रित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ! त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउँनु हुनेछ।”
शमूएलले आफ्नो सम्पूर्ण जीवनभरी नै इस्राएलीहरूलाई मार्गदर्शन दिए।
जब आसाले यी वचनहरू अनि संन्देशहरू ओबेद, अगमवक्ताबाट सुने तिनी खूबै उत्साहित भए। त्यसपछि उसले ती घृणित मूर्तिहरू यहूदा अनि बिन्यामीनका सबै स्थानबाट हटाए। आसाले ती घृणित मूर्तिहरू एप्रैमका पहाडी देशकाअधिकारमा ल्याएका शहरहरूबाट पनि हटाए। अनि तिनले परमप्रभुको वेदी मरम्मत गरे जो परमप्रभुको मन्दिरको दलान अघि थियो।
त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।
यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन।
एलियाले माता-पितालाई आफ्नो नानीहरू ल्याउँनमा सहाएता गर्नेछ। यो अवश्य घट्नेछ र म आउँनेछु र सम्पूर्णरूपले तिम्रो देशलाई नष्ट पार्नेछु।”
नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिंडयो। उसले अरू पाँच तोडा बढाउने काम गर्यो।
तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”