आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुसरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए।
Cross references
म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा उ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।”
“तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”
मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैंको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्।
जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए।
तिनीहरूले सातवटा गोरूहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।
तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए।
राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे।
यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेश्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चैनै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेश्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।”
तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे।
तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्खाहरूले परमेश्वरलाई पछ्याएका थिए।
तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यरूशलेममा भेला हुनु भनि यहूदा अनि यरूशलेम भरि घोषणा गरे।
तिनीहरूका अगुवाहरू सँग मिलेर बाँच्नको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन् गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए।
तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।
जब शबाथको अघि यरूशलेमको द्वारमा अन्धकार हुँदै थियो। मैले ढोका बन्द गर्ने आदेश दिएँ। विश्राम नसिद्धिए सम्म ती ढोका नखोल्ने आदेश दिएँ। अनि मैले ढोकाहरूमा मेरा केही मानिसहरूलाई बसाएँ, जसद्वारा विश्राम दिनमा कुनै पनि भारीहरू शहरमा पस्न नपाओस्।
म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु। म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु। परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?