देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ।
Cross references
मेरो पिताले तिमीहरूलाई कठोर कार्य गर्न बाध्य गराए। तर म तिमीलाई अझै कठिन काम गर्न लगाउने छु! मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई कोर्रा लगाउने छु जसमा धातुका धारीला टुक्रा हुनेछन् तिमीलाई घाइते गर्नका लागि।”‘
तब, अयोग्य दुष्ट मानिसहरू यारोबामका मित्रहरू थिए अनि तिनीहरूले एकै साथ रहबाम सुलेमानका छोराको विरोध गरे। रहबाम सानै र अनुभवहीन थिए। यसर्थ उसले यारोबाम अनि तिनका दुष्ट साथीहरूलाई रोक्न सकेनन्।
मनश्शे बाह्र वर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न वर्ष सम्म राजा भए।
यहोआहाज तेईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा तीन महीनासम्म राजा थिए।
यहोयाकीम पच्चीस वर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार वर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वरा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे।
यहोयाकीन अठाह्र वर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरूद्ध पाप गरे।
सिदकियाह एक्काईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार वर्षसम्म यरूशलेममा राजा थिए।
दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।
परमेश्वर भन्नुहुन्छ, “म जवान युवाहरूलाई तिमीहरूका मार्ग दर्शक बनाउनेछु।
युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्। मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्।
तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ।
अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्।
हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ ‘मानिसहरूलाई निष्पक्ष न्याय गर र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर। यदि तिमीहरूले त्यसो गरेनौ भने रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु। यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’
हाम्रा राजाको उत्सवको दिनमा अगुवाहरू ज्यादै पिएर मात्छन्। अनि राजा गिल्ला गर्नेहरूसित मिल्नु हुन्छ।