Home Bibles 2 इतिहास 10:10 · नेपाली बाइबल
2 इतिहास 10:10 · नेपाली बाइबल

तब, ती युवाहरू जो रहबामसितै बढेका थिए, “तिनीहरूले तिनलाई भने, जुन मानिसहरूले तपाईं सित कुरा गरे तिनीहरूलाई तपाईंले यसो भन्नु पर्छ। ती मानिसहरूले तपाईंलाई भने, ‘तपाईंका पिताले हाम्रो निम्ति जीवन कठिन बनाउनु भयो। त्यो गह्रौ भार बोकेको जस्तै थियो। तर हामी तपाईंले त्यो भारलाई हल्का पारिदिनु होस् भनी चाहन्छौं।” तर रहबाम, तपाईंले यो कुरा ती मानिसहरूलाई भन्नुपर्छः तिनीहरूलाई भन्नुहोस्। ‘मेरो कान्छी औंला मेरा पिताको कम्मर भन्दा मोटो हुनेछ।

Cross references

2 शमूएल 17:7

हुशैले भने, “यस समय अहीतोपेलको सल्लाह ठीक छैन।”

1 राजा 12:1

रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शकेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए।

1 राजा 12:10

राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंकहाँ आए अनि भने, ‘तिम्रा पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउँन सोधिरहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी औलो मेरा पिताको कम्मर भन्दा ठूलो छ।

हितोपदेश 10:14

बुद्धिमानी मानिसहरूले ज्ञानलाई संचय गर्छन्, तर मूर्खको बोलीलो आपद-विपदहरू मात्र बोलाउँछ।

हितोपदेश 13:16

प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।

हितोपदेश 14:16

एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहरूबाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अघि बढछ।

हितोपदेश 18:6

मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ उसको मुखले थप्पड खोज्छ।

हितोपदेश 19:27

हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्‌यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।

हितोपदेश 21:30

कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।

हितोपदेश 28:25

एकजना लोभि मानिसले झगडा उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले त उन्नति गर्छ।

हितोपदेश 29:23

मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।

यशैया 19:11

“सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका ‘सल्लाहकारहरूले’ भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू प्राचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोच्छन्।”

Interlinear

Choose Theme