शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौ। तर हामीले त्यस मानिसलाई के दिनसक्छौ र? हामीले बोकेका थैलाका भोजन पनि त सकिसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केहीभेंटी पनि छैन। हामी सँग दिने लायकको के छ र!”
Cross references
कृपया यो प्रतिक्षा गर्नुहोस्। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस्। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस्।”अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पर्खीरहने छु।”
तब मानोहले परमप्रभुका दूतलाई भने, “हामी, तपाईं यहाँ एक क्षण बस्नु भएको चाहन्छौं। हामी तपाईंलाई भोजन गराउनका निम्ति एउटा बाख्राको पाठो पकाउन चाहन्छौं।”
तब राजाले त्यस परमेश्वरका जनलाई भने, “कृपया मसँग घरमा आउनुहोस्। म सँग भोजन गर्नुहोस्। म तपाईंलाई उपहार दिनेछु।”
अगमवक्तालाई दशवटा रोटीहरू, केही केक र एक घैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”
बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”
तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।”यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिएर गए।
नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”
तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?”