एक दिन शाऊलका पिता कीशले आफ्ना गधाहरू हराए। यसकारण कीशले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।”
Cross references
सेतो गधाको ढाडमा चढ्ने, जीनको कम्बलमा बस्ने अनि बाटोमा हिंड्ने तिमी मानिसहरू ध्यान देऊ।
याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्।
आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ, अब म मेरो छोराको लागि के गरूँ?”‘
शऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, “कता गएका थियौ?”शाऊलले भने, “हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौ त्यसपछि हामी शमूएललाई भेट्न गयौं।”