Home Bibles 1 शमूएल 30:15 · नेपाली बाइबल
1 शमूएल 30:15 · नेपाली बाइबल

दाऊदले भने, “के तिमी मलाई तिनीहरूकहाँ पुर्याइदिन सक्छौ जसले हाम्रा परिवारका सदस्यहरूलाई समातेका छन्?”त्यस मिश्रीले भने, “परमेश्वरको अघि यदि तपाईंले मलाई मार्दिन अथवा मेरो मालिकको घरमा मलाई फिर्ता दिने वचन दिनुभयो भने म तपाईंलाई सहयोग गर्छु।”

Cross references

उत्पत्ति 24:3

अब म चाहन्छु तैंसे मलाई एउटा वचन दे। पृथ्वी अनि स्वर्गका परमप्रभु परमेश्वरको अघि तैंले मलाई वचन दे कनान देशकी कुनै पनि कन्यासित मेरो छोरोको विवाह हुन दिने छैनस्। हामी तिनीहरूको वीचमा बस्छौं तर तैंले कनानी कन्यासित उसलाई विवाह गर्न दिने छैनस्।

व्यवस्था 23:15

“यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन।

यहोशू 2:12

यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं।

यहोशू 9:15

यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इस्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए।

यहोशू 9:19

तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने शपथ गरेका छौं। अब हामी तिनीहरू विरूद्ध लडून सक्तैनौं।

न्यायकर्ता 1:24

जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्वमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”

1 शमूएल 29:6

यसकारण आकीशले दाऊदलाई बोलाएर भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शुरूदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिश्ती सेनाहरूले तिमीलाई सहमति गर्न चाँहदैनन्।

इजकिएल 17:13

त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो।

इजकिएल 17:16

परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर वचन दिन्छु कि यो नँया राजा बाबेलमा मर्नेछ। नबूकदनेस्सरले त्यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। तर त्यो मानिसले नबूकदनेस्सरसँग भएको शपथ तोड्यो। यो नयाँ राजाले त्यो सन्धि तोडयो।

इजकिएल 17:19

परमप्रभु मेरो मालिकले यो प्रतिज्ञा गर्नुभयो “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म यहूदाको राजालाई दण्ड दिन्छु। किन? किनकि उसले मेरो चेताउनीहरूको उपेक्षा गर्यो। उसले हाम्रो करार भङ्ग गर्यो।

Interlinear

Choose Theme