Home Bibles 1 शमूएल 25:6 · नेपाली बाइबल
1 शमूएल 25:6 · नेपाली बाइबल

उसलाई भन, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्।

Cross references

उत्पत्ति 43:23

तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।”त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो।

2 शमूएल 18:28

अहीमासले राजालाई भने, “सबै राम्रै छ।” राजाका अघि शिर झुकाएर अहीमासले भने, “परमप्रभु राजाका परमेश्वरको महिमा गाऔ! परमप्रभुले तपाईंको विरोधीलाई हराउनुभयो, मेरो मालिक राजा।”

1 इतिहास 12:18

अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।“दाऊद, हामी तपाईका हौं। यिशैका छोरा, हामी तपाईसित छौं, तपाईलाई शान्ति, शान्ति होस्! ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे! किन? किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।”यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।

भजनसंग्रह 122:7

मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।

भजनसंग्रह 122:8

हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,

मत्ती 10:12

तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’

लूका 10:5

कसैको घरमा पस्न अघि, भन, यस घरमा तिमीहरूलाई शान्ति होस्।’

यूहन्ना 14:27

“म तिमीहरूलाई मेरो शान्ति छोडदछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ।

1 थिस्सलोनिकी 3:8

तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।

2 थिस्सलोनिकी 3:16

हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैं हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहून्।

1 तिमोथी 5:6

तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो।

Interlinear

Choose Theme