सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे।
Cross references
तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।
यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले।
शाऊल जीपको मरूभूमितिर गए। शाऊलले 3,000 सेनाहरू इस्राएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरूभूमितिर दाऊदलाई खोजे।
तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्। विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।
तिनीहरूका अधिकारीहरूलाई दण्ड होस् तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्।