Home Bibles ☰ Books 1 शमूएल 18:28 · नेपाली बाइबल
1 शमूएल 18:28 · नेपाली बाइबल

शाऊलले बुझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बुझे, छोरी मीकलले दाऊदलाई प्रेम र्गथिन।

Cross references

उत्पत्ति 26:28

उसले उत्तर दियो, “अब हामीले बुझ्यौं परमप्रभु तिमीसित हुनुहुन्छ। हामी चाहन्छौं तिमीसित हाम्रो एउटा सम्झौता होस्। हामी चाहन्छौं तिमीले हामीलाई एउटा वचन देऊ।

उत्पत्ति 30:27

लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ।

उत्पत्ति 37:8

यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो।

उत्पत्ति 39:3

पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ।

1 शमूएल 24:20

म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ।

1 शमूएल 26:25

त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिउन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।”दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।

प्रकाश 3:9

सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरु दावी गर्छन् कि तिनीहरु यहूदीहरु हुन् तर झूटो हो। तिनीहरु साँचो यहूदीहरु होइनन्। म तिनीहरुलाई तिमीहरु समक्ष आउन अनि तिमीहरुको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरुले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरु तिमीहरु नै हौ।

Interlinear

Choose Theme