त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिउन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।”दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।
Cross references
तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”
“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”
यसले यो देखाउँछ म तिम्रो शत्रु होइन। मानिसले शत्रुलाई सहजै पक्रन सक्दैन र सहजै छोडदैन पनि उसले शत्रुलाई राम्रो गर्दैन। परमप्रभुले तिमीलाई इनाम दिनुहुन्छ, कारण तिमीले मलाई केही गरेनौ।
म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ।
दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।
उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्।
मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्।”परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।”
याकूबले परमेश्वरका स्वर्गदूतसित ऊ युद्ध गर्यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्यो। यो घट्ना बेतेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसंग बातचीत गर्यो।
ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ सक्दैन।
तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।