Home Bibles ☰ Books 1 शमूएल 17:51 · नेपाली बाइबल
1 शमूएल 17:51 · नेपाली बाइबल

यसर्थ उ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो।जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले।

Cross references

1 शमूएल 21:9

दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।”

1 शमूएल 21:10

पूजाहारीले भने, “यहाँ खालि एउटा तरवार छ त्यो पनि पलिश्ती गोल्यतको हो। तपाईंले एलाको बेंसीमा त्यसलाई मारेर लिएको तरवार हो। त्यो तरवार एउटा लुगामा बेह्रेर एपोदको पछाडि राखेको छ। यदि तपाईंलाई चाहिन्छ भने लिए हुन्छ।”दाऊदले भने, “त्यो मलाई देऊ। गोल्यतको जस्तो तरवार अरू कसैको छैन।”

1 शमूएल 31:9

पलिश्तीहरूले शाऊलको टाउको काटे र तिनको हतियार लगे। तिनीहरूले पलिश्ती र तिनीहरूले पूजा गर्ने देवताको मन्दिर सम्म उक्त समाचार पुर्याए।

2 शमूएल 4:7

रेकाब र बानाले ईश्बोशेतलाई छुरीले घोचेर मारे। तब तिनीहरूले त्यसको टाउको काटेर तिनीहरूसितै लिएर गए। तिनीहरू रातभरि यर्दन बेंसी भएर हिंडे।

2 शमूएल 23:21

बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे।

एस्तर 7:10

यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

भजनसंग्रह 7:15

ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।

हिब्रू 2:14

ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।

हिब्रू 11:34

कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए।

Interlinear

Choose Theme