Home Bibles 1 शमूएल 10:21 · नेपाली बाइबल
1 शमूएल 10:21 · नेपाली बाइबल

शमूएलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारालाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो।जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्।

Cross references

1 शमूएल 9:2

कीशका एकजना शाऊल नाउँ गरेका छोरा थिए। शाऊल अत्यन्तै सुन्दर थिए। त्यहाँ शाऊल जस्तो सुन्दर कोही पनि थिएनन्। उभिँदा शाऊल इस्राएलमा अन्य मानिसहरू भन्दा अग्ला थिए।

हितोपदेश 18:18

गोला हालेर झगडा मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्द्विहरूलाई छुट्टाइन्छ।

प्रेरित 13:21

तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस र्वषसम्म राजा भएर राज गरे।

Interlinear

Choose Theme