शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो।
Cross references
“मोशाले बिन्यामीनको विषयमा यी कुरा भने। बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैं रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”
भोलि पल्ट बिहानै यहोशूले इस्राएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुन्ने उभिए। परमप्रभुले यहूदाका कुल समूहलाई चुन्नु भयो।
तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊरीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तुम्मीम दिनुहोस्।”यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्।
अबनेर बिन्यामीनहरूसित पनि यस विषयमा बोले तब उसले हेब्रोनमा इस्राएलका मानिसहरूले के गर्न चाहन्थे अनि बिन्यामीन कुल समूहले पनि के गर्न चाहन्थे भन्नलाई दाऊद भएकहाँ गए।
प्रेरितहरूले प्रार्थना गरे, “प्रभु, तपाईंले सबै को मनका कुराहरू जान्नु हुन्छ। हामीलाई देखाउनु होस् यी दुईजना मध्ये कसलाई यो काम गराउन तपाईंले छान्नु भएको छ।