Home Bibles 1 राजा 9:22 · नेपाली बाइबल
1 राजा 9:22 · नेपाली बाइबल

सुलेमानले कुनै इस्राएलीलाई उनको दास हुन वाध्य गराएनन्। इस्राएलका मानिसहरू सैनिक, सरकारी अधिकारीहरू, कप्तान अनि रथका सेनापति र चालक थिए।

Cross references

लेवी 25:39

“तिमीहरूको आफ्नै देशको कुनै मानिस यति गरीब हुनु सक्छ कि उसले आफैंलाई तिमीहरू कसै कहाँ कमारा सरह बेच्न सक्छ तर तिमीहरूले उसलाई कमारालाई झै नखटाऊ।

1 शमूएल 8:11

शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।

1 राजा 4:1

राजा सुलेमानले इस्राएलका जनता माथि शासन गर्न थाले।

2 इतिहास 8:9

सुलेमानले इस्राएलका कुनै पनि मानिसहरूलाई दास र कर्मी हुन कर गरेनन्। इस्राएलका मानिसहरू सुलेमानका लडाकू थिए। तिनीहरू सुलेमानका सैनिक अधिकारीहरू र सेनापति थिए। तिनीहरू सुलेमानका रथहरूका सेनापति थिए अनि सुलेमानका सारथिहरूका सेनापति थिए।

श्रेष्ठगीत 3:7

सुलेमानको सवारी हेर! इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले त्यो पालकी रक्षा गरिरहेका छन्।

Interlinear

Choose Theme