1 राजा 7:9 · नेपाली बाइबल
यी सबै भवनहरू बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। यी ढुङ्गाहरू आराद्वारा चाहिएको आकारमा काटिएका थिए। तिनीहरू अघि अनि पछि काटिएका थिए। यी बहुमूल्य ढुङ्गाहरू जगदेखि भित्ताको माथिल्लो तहसम्म लगाइएका थिए। आँगनको वरिपरिको भित्तासम्म बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए।
Cross references
1 राजा 5:17
राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो।
1 राजा 7:10
जग ठूला-ठूला बहुमूल्य ढुङ्गाहरूद्वारा स्थापित गरिएको थियो। केही ढुङ्गाहरू 10 हात लामा अनि अरू 8 हात लामा थिए।