जग ठूला-ठूला बहुमूल्य ढुङ्गाहरूद्वारा स्थापित गरिएको थियो। केही ढुङ्गाहरू 10 हात लामा अनि अरू 8 हात लामा थिए।
Cross references
ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।
तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।
परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू बढाइले झैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जंगमाथि घर बनाउँदैनन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ।
त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरु थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम,