तब हीरामले दशवटा काँसाको ठेलागाडाहरू बनाए। प्रत्येक 4 हात लामो, 4 हात चौडा अनि 3 हात अग्ला थिए।
Cross references
हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौडा थियो। बटुकोमा लगभग 40 पाथी क्षमता थियो।
बाबेली सैनिकहरूले परमप्रभुको मन्दिरमा भएका सबै काँसाका चीजहरू टुक्रा टुक्रा पारे। तिनीहरूले काँसाको खाँबो, काँसाको गाडी अनि विशाल काँसाको खँड्कुलो टुक्रायाए। तब तिनीहरूले त्यो सबै काँसा बाबेल लगे।
यसकारण नबूजरदानले लगेः 2वटा काँसाका खाँबाहरू। प्रत्येक खाँबो 18हात अग्लो थियो। खाँबोमाथिका गजूरहरू तीन हात फिट अग्लो थिए। तिनीहरू काँसाको बनाइएका थिए अनि जालो र दारिमको आकृति जस्ता थिए।
हूरामले ठेला-गाडीहरू अनि आधार स्तम्भमा कचौराहरू पनि बनाए।
सेनाहरूका परमप्रभु भन्नुहुन्छ ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे।
बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घेडेरीहरू, काँसाको ट्याँकी तोडे अनि काँसा बाबेलमा लगे।
ती दुइ खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोरूहरू अनि सार्नै नसकने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो।