Home Bibles ☰ Books 1 राजा 7:13 · नेपाली बाइबल
1 राजा 7:13 · नेपाली बाइबल

राजा सुलेमानले हीराम नाउँ भएको मानिसलाई एउटा सन्देश सोरमा पठाए। सुलेमानले हीरामलाई यरूशलेम बोलाए।

Cross references

प्रस्थान 31:3

मैले बजलेललाई परमेश्वरको आत्मासित परिपूर्ण पारिदिएको छु अनि उसलाई सबै किसिमको निपुणता, कुशलता, अनि ज्ञानले आशीष दिएको छु।

1 राजा 7:40

हीरामले भाँडाहरू, बेल्चा अनि स साना बटुकाहरू बनाए। हीरामले सबै जिनिसहरू राजा सुलेमानले मागे अनुसार बनाए। परमप्रभुकोको मन्दिरका लागि हीरामले बनाएका सामानहरूको स्‌ची यस्तो छः2 खाम्बाहरू खाम्बाहरूको माथि बटुका जस्ता2 मुकुटहरू वरिपरि ढाक्ने2 जालीहरू दुइवटा जालीका लागि400 वटा दारीमहरू। खाम्बाहरूको माथि दुइवटा बटुकाहरूलाई ढाक्ने प्रत्येक जालीका दुइलहर दारीमहरू थिए।प्रत्येक ठेलागाडामा बटुका भएको दशवटाठेलागाडाहरू। तल बाह्रवटा सँाढेहरू माथि ठूलो भाँडो। भाँडाहरू, स-साना बेल्चाहरू, स साना बटुकाहरू अनि सबै भाँडाकुँडाहरू परमप्रभुको मन्दिरकालागि।हीरामले यी सबै सामानहरू राजा सुलेमानले चाहे अनुसार नै बनाए। तिनीहरू सबै पालिस लगाएको काँसाको बनाइएका थिए।

2 इतिहास 2:6

कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।

2 इतिहास 2:13

म तपाईं कहाँ हूराम अब्बी नाउँ गरेको एक सिपालु कारीगर पठाउने छु।

2 इतिहास 4:11

हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे।

Interlinear

Choose Theme