परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार सुलेमानलाई बुद्धि दिनुभयो। हीराम र सुलेमान माझ शान्ति थियो। यी दुइ राजाहरूले आफ्समा सन्धि गरेका थिए।
Cross references
यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए।
यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन।
परमेश्वरले सुलेमानलाई ज्यादै बुद्धिमान बनाउनुभयो। सुलेमान धेरै किसिमका कुरा बुझ्न सक्थे। उनको बुद्धि यति महान, थियो, कल्पना गर्न सकिन्न।
आसाले यो संदेश पठाए, “मेरा पिता र तिम्रा पिता माझ शान्ति सम्झौता भएको थियो। अहिले म तिमीसित शान्ति सम्झौता गर्न चाहन्छु। म तिम्रो लागि सुन-चाँदीको उपहार पठाइरहेको छु। इस्राएलका राजा बाशासित कृपया शान्ति सम्झौता भंग गर्नुहोस जसले गर्दा ऊ मेरो देशबाट बाहिर जानेछ अनि हामी लाई अलग छोड्नेछ।”
यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।”
यदि घर बनाउँने परमप्रभु हुनुहुन्छ भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए।
उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे।
सुलेमानको सबैभन्दा उत्तम गीत।
परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरुलाई तिनीहरुले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किन? किनभने तिनीहरुले देशकासम्पूर्ण मानिसहरुलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरुले तिनीहरुको दाजु-भाइहरुसंग गरेको सम्झौताको सम्झना पनि गरेनन्।
तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उदार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।