Home Bibles 1 राजा 4:11 · नेपाली बाइबल
1 राजा 4:11 · नेपाली बाइबल

बेन अबीनादाब नपोत दोरका राजपाल थिए। उनले सुलेमानकी छोरी तापत-सँग विवाह गरेका थिए।

Cross references

यहोशू 11:2

अनि उत्तरका पहाडी देश र मरूभूमिका राजाहरूलाई संन्देश पठाए। याबीनले किन्नरेत, नेगेव अनि पश्चिमी तराईका राजाहरूलाई संन्देश पठाए। याबीनले पश्चिमका नाफोत-दोरका राजालाई पनि सन्देश पठाए।

यहोशू 12:23

दोर पर्वतको दोरका राजा1गिलगालको गोयीमका राजा1

यहोशू 17:11

मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा पनि शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगद्दो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे।

न्यायकर्ता 1:27

कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे।

1 शमूएल 16:6

जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”

1 शमूएल 16:8

त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”

1 शमूएल 16:9

त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।”

1 राजा 4:15

अहीमास नप्तालीका राजपाल थिए। उनको विवाह सुलेमानकी छोरी बासमत सँग भएको थियो।

Interlinear

Choose Theme