Home Bibles 1 राजा 22:50 · नेपाली बाइबल
1 राजा 22:50 · नेपाली बाइबल

यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेऊमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।

Cross references

1 राजा 2:10

तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

1 राजा 11:43

सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।

1 राजा 14:31

रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।

1 राजा 15:24

तिनी मरे अनि उनलाई उनका पुर्खा दाऊदको शहरमा गाडियो। तब आसाका छोरा यहोशापात उनीपछि नयाँ राजा भए।

1 राजा 22:40

आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए।यहूदाका राजा यहोशापात

2 राजा 8:16

यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ वर्ष शासन शुरू गरे।

2 इतिहास 21:1

तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए।

2 इतिहास 21:5

योराम बत्तीस वर्षका हुँदा तिनले शासन गर्न शुरू गरे। उसले आठ वर्ष यरूशलेममा शासन गरे।

Interlinear

Interlinear data is unavailable for this verse.

Choose Theme