1 राजा 20:41 · नेपाली बाइबल
तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए।
Cross references
2 शमूएल 13:19
तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन।
1 राजा 20:38
यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले।
अय्यूब 2:8
यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले।
यर्मिया 6:26
मेरा मानिसहरू हो! दुख प्रकट गर्ने पोषाक लगाऊ, अनि खरानीमाथि लडी-बडी गर। यस्तो प्रकारले विलाप गर कि मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ, किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ।